Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा

विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि मुख्यालयको सुरक्षा व्यवस्था कडा बनाइएको हो।

विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्राधिकरण मुख्यालयमा सशस्त्र प्रहरी बलका साथै नेपाल पुलिस तैनाथ गरिएको छ।

यसअघि सोमबार साँझ बसेको मन्त्रिपरिद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेको थियो ।

कुलमानलाई हटाएर सरकारले हितमान शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077