Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

दोहोरो अंकले नेप्से घट्दा ५ अर्ब १८ करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से घट्दा ५ अर्ब १८ करोडको सेयर कारोबार

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेर बन्द भएको छ।

अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार ३०.५२ अंकले बढेर बन्द भएको थियो। तर,बजारको हरियाली एक दिन पनि टिक्न सकेन।

आज नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दुमा झरेको छ। यसदिन ३२५ स्क्रिप्सको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७०८ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ। सोमबार ४ अर्ब ४८ करोड मूल्यको सेयर कारोबार भएको थियो।

सेयर बजारमा भारी अंकले गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९७ प्रतिशतले घट्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। २३ करोड बढीको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो।

नेपाल रिइन्स्योरेन्सको २१ करोडको सेयर कारोबार हुँदा युनाइटेड मोदी हाइड्रोपावरको १७ करोडको कारोबार भयो।

यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १४ अर्ब बराबरको सेयर कारोबार हुँदा सीईडीबी होल्डिङ्सले १३ करोडको सेयर कारोबार गर्‍यो।

कारोबारमा आएकामध्ये ४ स्टक्सको मूल्य बढ्दा २४० वटाको घट्यो। सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स समूह र हाइड्रोपावर समूहको उपसूचक ३ प्रतिशत बढीले घट्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077