काठमाडौं । सत्तापक्षीय दलहरूले संसद्मा विचाराधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्याउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा संसद्मा विचाराधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा पनि छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका थिए ।