Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा

सत्तारूढ दलहरूको बैठक बालुवाटारमा

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।

प्रधानमन्त्रीसहित सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बसेको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन तथा संसद्‌मा विचाराधीन कानूनहरुको निर्माणका विषयमा समेत छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् ।

बैठकमा एमाले र कांग्रेसका अरू नेताहरू पनि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077