Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

दोहोरो अंकले नेप्से बढ्दा ४ अर्ब २० करोडको सेयर कारोबार

दोहोरो अंकले नेप्से बढ्दा ४ अर्ब २० करोडको सेयर कारोबार

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार ५८.०५ अंकले ओ‌रालो लागेको नेप्से परिसूचक आज ४०.४७ अंकले बढेर २६२३.२१ विन्दुमा अडिएको हो।

यस दिन कारोबार रकममा भने गिरावट आएको छ। मंगलबार पाँच अर्ब १८ करोडको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब २० करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ९८ करोड रूपैयाँ कमी आएको हो। आज ३१७ वटा धितोपत्रको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच भएको हो।

बुधबार २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077