Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रतिपक्षीको अवरोधले भोली बिहान ११ बजेसम्मका लागि स्थगित भयो संसद् बैठक

प्रतिपक्षीको अवरोधले भोली बिहान ११ बजेसम्मका लागि स्थगित भयो संसद् बैठक

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।

दिउँसो २ बजे पनि बैठक नबसी भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दलहरूको निरन्तर अवरोधपछि संघीय संसद्का दुवै सदनको बैठक बस्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गर्नुको कारणबारे प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरेका हुन् ।

अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग संवाद जारी राखेका छन् । यद्यपि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077