Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

शान्तिपूर्ण सहकार्यको प्रक्रियालाई कमजोरी नठान्न राजावादीको चेतावनी

शान्तिपूर्ण सहकार्यको प्रक्रियालाई कमजोरी नठान्न राजावादीको चेतावनी

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । राजावादीहरूले काठमाडौंमा भोलि गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएका छन् । तर, विज्ञानको नियम सम्झाउँदै उनीहरूले क्रिया भए प्रतिक्रिया पनि हुनसक्नेतर्फ सचेत गराएका छन् ।

भोलि काठमाडौंमा राजावादी र गणतन्त्रवादीहरूले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । काठमाडौं प्रशासनका अनुसार राजावादीहरूको प्रदर्शन तिनकुने र गणतन्त्रवादीहरूको प्रदर्शन भृकुटीमण्डपमा हुनेछ ।

सोही प्रदर्शनबारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले द्वन्द्व, मुठभेड, तोडफोड, आगजनी, आमहडताल, ध्वंसात्मक हिंसा प्रतिहिंसा र गृहकलह धान्न वा सहन नसक्ने यथार्थ सम्झाएका छन् ।

उनले आफूहरू संवेदनशील भएको जिकिर गर्दै शान्तिपूर्ण सहकार्यको प्रक्रिया रोजेको भन्दै त्यसलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् ।

सुवेदीले पत्रकार सम्मेलनमार्फत भने–‘विज्ञानको नियम अनुसार क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै । यदि यसलाई हाम्रो कमजोरी ठानेर बेवास्ता वा उपेक्षा भएमा त्यसको परिणाम अनुकूल नहुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077