Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादीहरुको आन्दोलनको अघिल्लो दिन पूर्वप्रधानन्यायाधीशले भने– देशमा ठूलो परिवर्तन जरुरी छ

राजावादीहरुको आन्दोलनको अघिल्लो दिन पूर्वप्रधानन्यायाधीशले भने– देशमा ठूलो परिवर्तन जरुरी छ

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले देशमा ठूलो परिवर्तन जरुरी रहेको बताएका छन् । राजावादीहरुको आन्दोलनको अघिल्लो दिन उनले दिएको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीति हावी भएको र न्याय प्रक्रिया सुस्त भएको बताए। न्यायमा राजनीति नमिसाउन राजनीतिक दलहरूसँग आग्रह गरेका उनले यो अवस्थामा ठूलो परिवर्तन जरुरी रहेको बताए ।

उनले आयोग बनाउने र एउटा ऐन संशोधन गर्ने कामले मात्र संक्रमणकालीन न्याय पूरा नहुने पनि बताए ।

उनले भने–‘संक्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो। यो परिस्थितिमा व्यापक रुपमा परिवर्तन हुनुपर्छ । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब संक्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन। यो मिनिमम काम हो। यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ । सन्तोष मान्नुपर्ने अवस्था हो र ?’

उनले सक्षम, स्वीकार्य, जनताले विश्वास गरेको, बुद्धिमान र भरपर्दो आयोग बनाउनुपर्नेमा जोड दिए। उनले भने–‘एउटा सक्षम आयोग, स्वीकार्य आयोग, जनताले मानेको आयोग, परिकल्पना भएको बुद्धिमान आयोग, क्षमतावान, बुद्धिमान र विश्वसनीय आयोग खोज्नुपर्छ । आयोगमा कुनै किसिमको अनुचित सौदा गर्ने हो ने यि प्रक्रिया निरर्थक हुनेछन् । यस्तो नहोस्। ’

श्रेष्ठले संक्रमणकालीन न्याय पीडितको पक्षमा हुनुपर्ने र त्यसमा कुनै चलखेल नहुने इमानदारी चाहिने बताए । उनले भने–‘राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित रहोस् । राजनीतिकर्मीले राजनीति गर्नुपर्छ । तर न्यायमा राजनीति नगर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077