Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रास्वपा राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा सहभागी नहुने

रास्वपा राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा सहभागी नहुने

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि काठमाडौंमा हुने दुवै पक्षको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने जानकारी गराएको छ ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले गणतन्त्र पक्षधर र राजावादीहरू दुवैको प्रदर्शनमा पार्टीको कुनै सहभागिता नहुने बताएका हुन् ।

वर्तमान सरकारको विरोधमा हुने जुनसुकै शान्तिपूर्ण कार्यक्रमहरूमा आफ्नो पार्टीको नेतृत्व, सहभागिता र ऐक्यबद्धता हुने भए पनि भोलिका दुवै प्रदर्शन सरकार विरोधी भन्दा पनि व्यवस्थाको पक्ष र विपक्षमा भएकाले आफ्नो पार्टी सरिक नहुने रास्वपाको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077