Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैन : देउवा

रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैन : देउवा

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्ष्य गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार मानव अधिकार विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीहरूले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताए।

अब यो व्यवस्था कुनै पनि हालतमा हट्न नसक्ने बताउँदै उनले भने–‘विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौं। लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौं। कसैले रहर गरेर हुने कुरा छैन। यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो। यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन। नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ। मैले भनिसकेको छु, धेरै कुरा भन्ने कुरा छैन ।’

मुलुकमा अहिले समावेशी, समानुपातिक प्रतिनिधित्व भएको संविधान रहेको पनि उनले बताए। सभापति देउवाले भने–‘हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको छ। हाम्रो देशमा कुनै किसिमको डर, त्रास छैन। राजाले कू गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैन। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077