Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राष्ट्रपति पौडेल भन्छन् ‍- शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ

राष्ट्रपति पौडेल भन्छन् ‍- शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ

बिहिवार , चैत्र १३, २०८१

सोलुखुम्बु । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको व्यवस्थामा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई रहेको बताएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनमा पुगेका राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगत बगाएर ल्याएको उपलब्धि भएको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।

नागरिक स्वतन्त्रता र शासन प्रणालीमा सुधार समयको माग र जनताको चाहना दुवै भएको बताउँदै राष्ट्रपतिले जनताले बनाएको संविधानविपरीतका निरंकुशता र अराजकता पनि जनतालाइ स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077