Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्दै राजावादी

गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्दै राजावादी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । आज काठमाडौँमा दुईवटा प्रदर्शन एकसाथ हुँदै छन् । गणतन्त्रवादी र राजतन्त्रवादीले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् ।

राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ ।

गणतन्त्रवादीहरूको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दै छ भने राजावादीहरूको प्रदर्शनको नेतृत्व राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले गर्दै छ ।

यता जिल्ला सुरक्षा समितिले सुरक्षार्थ योजना बनाइसकेको छ। समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077