Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

यसरी बीच सडकमै बनाउन पाइन्छ मञ्च ?

यसरी बीच सडकमै बनाउन पाइन्छ मञ्च ?

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्र सहितको समाजवादी मोर्चाले आज गर्न लागेको प्रदर्शन र सभाका लागि रत्नपार्क–भद्रकाली जोड्ने मूल सडक छेकेर मञ्च निर्माण गरेको छ ।

त्यसका लागि मोर्चाले काठमाडौंका विभिन्न क्षेत्रबाट र्‍याली निकालिरेको छ । रत्नपार्क–भद्रकाली जोड्ने मूल सडक छेकेर समाजवादी मोर्चाले मञ्च निर्माण गरेपछि त्यस क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिएकोमा प्रदर्शनीमार्ग प्रवेश गर्ने मूल सडकमै समाजवादी मोर्चाले कार्यक्रम गर्न लागेको हो।

समाजवादी मोर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रशासनले तोकेकै ठाउँमा सभा गर्न मञ्च बनाइएको दाबी गरेका छन्।

समाजवादी मोर्चाले गणतन्त्र रक्षाका लागि भन्दै कार्यक्रम गर्न लागेको हो।

शुक्रबार नै मेडिकल व्यवसायीसमेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन हुँदैछ। प्रसाईंलाई कार्यक्रम गर्न तीनकुने क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

राजावादीहरुले भने तोकिएकै स्थाल तिनकुने पार्कभित्र सभास्थल बनाएका छन् ।

तर, मोर्चाले बनाएको मञ्चका कारण सवारी आवागमनमा नै समस्या भएको छ । एसईईलगायत परीक्षाहरू सञ्चालन भएका बेला सडक छेकेर आन्दोलन हुँदा विद्यार्थीहरू भने मर्कामा परेका छन्।

समाजवादी मोर्चा र प्रसाईंले एसईईलाई मध्यनजर गर्दै प्रदर्शनको समय केही घन्टा पछि धकेलेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077