Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

११ बजे बैठक बोलाएका सभामुख अझै छलफलमा, बैठक अनिश्चत

११ बजे बैठक बोलाएका सभामुख अझै छलफलमा, बैठक अनिश्चत

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले मुख्य राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।

छलफलमा सत्तापक्ष नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही सहभागी छन्।

विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिनुपर्ने माग राख्दै सदन अवरूद्ध गर्दै आइरहेका छन्।

प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रमहरूमा त्यस विषयमा संसदमा जबाफ दिनु नपर्ने बताउँदै आइरहेका छन्। प्रधानमन्त्रीले जबाफ नदिने र प्रतिपक्षले विरोध स्थगित नगर्ने अडान लिएपछि यसअघिका दुई पटक संसद बैठक स्थगित भइसकेको छ।

निकास निकालेर बैठक सहज ढंगबाट अगाडि बढाउन सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। आजको बैठक ११ बजे तय थियो। अहिलेसम्म बैठक शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077