Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

समाजवादी मोर्चाको प्रदर्शनमा किन आउन चाहेनन् झलनाथ खनाल ?

समाजवादी मोर्चाको प्रदर्शनमा किन आउन चाहेनन् झलनाथ खनाल ?

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन्।

बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा गर्दैछ। तर, खनाल त्यहाँ उपस्थित नहुने भएका हुन् ।

त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुसको नेतृत्व गर्नेछन्। जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ।

एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्कनेछ। उक्त जुलुस र सभामा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल नजाने बताएका छन्।

आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले जान उपयुक्त नठानेको बताए। यद्यपि कार्यक्रममा भने आफ्नो समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको उनले बताए।

आजको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077