Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

स्टेजमा फर्किएर दुर्गा प्रसाईंले भने– संयमित भइदिनुस्

स्टेजमा फर्किएर दुर्गा प्रसाईंले भने– संयमित भइदिनुस्

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।

प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरूसमेत सुरक्षित स्थलतर्फ लागेका थिए । अहिले नेताहरू पुनः मञ्चमा जम्मा हुन थालेका छन् ।

आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् । मञ्चमा पुगेर नेता र राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरिरहेका छन् । उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् ।

उनले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकहरुलाई पनि ढुंगामुढा नहान्न अनुरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077