Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादीले छियाछिया बनाएको घरमा आगजनी, तिनकुनेमा हवाइ फायरपछि राजावादीहरु तितरवितर

राजावादीले छियाछिया बनाएको घरमा आगजनी, तिनकुनेमा हवाइ फायरपछि राजावादीहरु तितरवितर

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । तीनकुनेमा प्रहरी बसेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । आन्दोलनकारीहरुले ढुंगा प्रहार गरेर छियाछिया बनाएको घरमा आगजनी भएको हो ।

सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार घरको माथिबाट कागज झरेको जस्तो देखिन्थ्यो । अनि केही पड्किएको पनि सुनियो । एकछिनमै ह्वारह्वारती आगो बलेको देखियो ।

आगो बलेर धुवाँको मुस्लो निस्किएको धेरैबेरपछि मात्र आगो निभाउन दमकल पुगेको थियो । सो दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ ।

घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ ।

काठमाडौं तिनकुनेमा राजवादीहरुले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाको माग सहित आज सभा आयोजना गरेका थिए । तर प्रहरीसँगको धकेलाधकेलले गर्दा तनाव बढेको थियो ।

त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर भिडलाई तितरवितर पारेको थियो । लगत्तै एक घरमा तोडफोड र आगजनी भएपछि थप तनाव बढेको हो ।

राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । आन्दोलनका कमाण्डर कार्यक्रम स्थाल आएको भएपनि अहिले फेरि त्यहाँ नेताहरु देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077