Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

दुर्गा प्रसाईको कार्यक्रममा तनावै तनाव, शान्त छ भृकुटीमण्डप

दुर्गा प्रसाईको कार्यक्रममा तनावै तनाव, शान्त छ भृकुटीमण्डप

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । आज राजधानीमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र राजतन्त्र पक्षधर राजावादीहरुको छुट्टाछुट्टै आन्दोलन जारी छ । राजावादीहरुले काठमाडौंको तिनकुनेमा आन्दोलन गरिरहेका छन् भने भृकुटीमण्डमा नेकपा माओवादी, केन्द्रसहितको समाजवादी मोर्चाको सभा चलिरहेको छ ।

राजावादीहरुको आन्दोलन स्थाल तिनकुनेमा ढुंगामुढा, अश्रुग्यास प्रहार, लाठि चार्जदेखि आगजनी र हवाइ फायरसम्म भएको छ भने समाजवादी मोर्चाको कार्यक्रममा नेताहरुले भाषण गरिरहेका छन् । अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरिरहेका छन् ।

उता तिनकुनेमा भने महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ भने प्रदर्शनकारीले प्रहरीको बन्दुक नै खोसेका छन् ।

राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सोही बन्दुक नै खोसेका हुन् ।

प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ ।

आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077