काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र नफर्किने दाबी गरेका छन् ।
शुक्रबार ९आज० काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
'राजतन्त्र फर्किँदैन, यसको अब कल्पनै नगरे हुन्छ,' उनले भने, 'यदि कसैले दुष्प्रयास गर्छ भने त्यसको मूल्य निकै महँगो पर्नेवाला छ।'
उनले सरकारले बिचौलिया र कमीसनखोरहरूको पक्षमा निर्णय गर्दै अगाडि बढिरहेको दाबी पनि गरेका छन् ।
'सरकारमा बस्ने मान्छेलाई कुनै चिन्ता छैन। हामीले खबरदार, तिम्रो कारणले प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेका छन् भनेका छौँ। तर, उनीहरू संसद् भङ्गकै सोचमा छन् अझै पनि,' उनले भने, 'त्यसकै कारण उनले एकपटक पदबाट बहिर्गमन हुनुपरेको थियो।'