Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजालाई पम्फा भुसालको यस्तो चेतावनी

पूर्वराजालाई पम्फा भुसालको यस्तो चेतावनी

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको ख्याल राख्न आग्रह गरेकी छन् ।

समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्–‘२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले नै अन्त्य भएको थियो । तर, त्यसको केही समयपछि नेपालबाट विधिवत रुपमा राजावादी विदा भएको हो ।’

१० वर्षे माओवादी सशस्त्र युद्ध, २०६२/६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।

राजतन्त्रको बिदा गर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रले मागे अनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न उनको आग्रह छ ।

उनले भनिन्–‘मलाइ बस्न बस्न नागर्जुन चाहियो । मलाई केही गाडी चाहिए । केही सुरक्षा चाहियो भनेर पाएपछि नारायणहिटीबाट शान्तिपूर्ण ढंगले बिदा भएको हो ।’

आफूहरूले शान्तिपूर्ण रुपमा बस्न भनेर छाडिएकोलाई कमजोरी नठानन्न चेतावनी दिंदै उनले भनिन्–‘पूर्वपञ्चहरूले विगतमा जस्तै राजा कजाएर खराबी गरेर रहन सकिन्छ भन्ने सोचेको भए त्यस्तो सपना पूरा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077