काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् भने व्यक्तिको घरमा तोडफोड गर्नाका साथै आगजनी समेत गरेका छन् ।
त्यसैगरी पेरिसडाँडा नजिक सरकारी गाडीमा आगजनी समेत भएको छ । उक्त गाडी लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरको रहेको बताइएको छ ।
राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । उक्त बन्दुक नै प्रदर्शनकारीले बोकेर हिंडेका छन् ।
प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको एम्बुलेन्समाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।
राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन ।
प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताएपनि प्रहरी कमजोर भएको देखिन्छ । ।