काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्मा बोल्न तयार भएका छन् ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । यसअघि ओलीले यसबारे आफूले संसदमा उत्तर नदिने बताएका थिए ।
प्रतिनिधिसभाको बैंठक १७ गतेका लागि सारिएको छ । आजको बैठक बस्दै नबसी आइतबारका लागि सारिएको हो ।