Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुनेबाट भागे राजावादी आन्दोलनका कमान्डर प्रसाई

तीनकुनेबाट भागे राजावादी आन्दोलनका कमान्डर प्रसाई

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुनेबाट भागेका छन् । उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा चढेर तीनकुनेबाट निस्किएका हुन् ।

त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै गएको छ ।

राजसंस्था फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुने आएलगत्तै तनावको स्थिति सृजना भएको हो । प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान लागेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।

त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेको हो । झडप शुरू भएर सभा विथोलिएपछि पूर्वराजावादी नेताहरू भागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077