Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादी गतिविधिलाई अराजकताको संज्ञा दिँदै समाजवादी मोर्चाले भन्यो - कडा कारबाही गर्नू

राजावादी गतिविधिलाई अराजकताको संज्ञा दिँदै समाजवादी मोर्चाले भन्यो - कडा कारबाही गर्नू

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । समाजवादी मोर्चाले राजावादी समूहले गरेको उच्छृंखल र अराजक कार्यको घोर भर्त्सना गरेको छ ।

मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी भएको भन्दै भर्त्सना गरेको हो ।

मोर्चाले शुक्रबार काठमाडौंमा आयोजना गरेको बृहत् जनसभा पचासौँ हजार जनताको सहभागितामा भव्यतापूर्वक सम्पन्न भएको समेत जनाएको छ ।

'यो विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृंखल प्रतिगामी तत्वहरूले अराजकता सृजना गर्दै नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् । यो उच्छृंखल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौँ,' मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै राजावादीहरूले ‘पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गर्दै’ अगाडि बढेको उनीहरूको निष्कर्ष छ ।

‘यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077