काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले आपराधिक दुष्प्रयाविरुद्ध गोलबद्ध हुन आह्वान गरेको छ ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रका पक्षमा गोलबद्ध हुन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गरेका हुन् । उनले लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय रहेको जनाएका छन् ।
'सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछौँ,' पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
महासचिव पोखरेलले आजका राजावादी प्रदर्शनमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि सरकारसँग माग गरेका छन्।