Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजावादी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी निन्दनीय : कमल थापा

राजावादी प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनी निन्दनीय : कमल थापा

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको राजावादी आन्दोलनका क्रममा भएका अप्रिय घटनाहरू खेदजनक भनेका छन् ।

बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत थापाले सरकारी दमनको कारण उत्तेजित भिडले तोडफोड र आगजनी गर्न पुगेको टिप्पणी गरेका हुन् ।

'भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति आज काठमाडौंमा भएको प्रदर्शनको क्रममा सरकारले गरेको दमनको राप्रपा नेपाल भत्सर्ना गर्दछ। प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू खेदजनक छ,' थापाले भनेका छन्।

उनले राजावादीहरूको तीनकुनेको मञ्चमा कार्यक्रम सुरु हुनुअगावै अश्रुग्यास हानिएपछि अवस्था बिग्रिएको पनि बताएका छन्। 'तीनकुनेमा निजी घरमा पसेर प्रहरीले जुलुसमा र सभा सुरु हुनु अगावै मञ्चमा अश्रुग्यास प्रहार गरेपछि परिस्थिति अराजक हुनपुगेको हो,' उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077