Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

'जहाँ बोलायो त्यहीँ आउँछु' भन्दै प्रहरीलाई चुनौती दिएका प्रसाई कता हराए ?

'जहाँ बोलायो त्यहीँ आउँछु' भन्दै प्रहरीलाई चुनौती दिएका प्रसाई कता हराए ?

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईंले नेपाल सरकारले एक जनाको हत्या गरेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सरकारमाथि यस्तो आरोप लगाएका हुन् । उनले भने, 'आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ। दिवंगत बन्नुभएका सबिन महर्जनप्रति हार्दिक श्रद्दासुमन ।'

यस्तो उनले प्रहरीलाई चुनौती दिँदै आफू जहाँ बोलायो त्यहीँ आउन तयार रहेको बताए । तर उनी अहिले सम्पर्कविहीन भएका छन् । उनलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।

उनले थप भनेका छन्, 'जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनको कारण भएको हो। त्यसको क्षतिपुर्ति सरकारले बेहोर्नु पर्नेछ। अन्त्यमा मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन। जहाँ बोलाउँछौँ, त्यही आउँछु। अब म थुनिएर आन्दोलन रोकिँदैन, किनकि दुर्गा अब व्यक्ति हैन, विचार हो, अभियान हो।'

आज काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो । यस्तै एभिन्युज टीभीमा कार्यरत पत्रकार सुरेश रजकको पनि जलेर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077