काठमाडौं । सरकारले राजावादीको आन्दोलनका क्रममा शुक्रबार भएको आगजनी र तोडफोडको घटना छानबिन गर्दै दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्देशन दिएको छ ।
साथै घटनाको छानबिन गर्न पनि मन्त्रालयलाई निर्देशन पनि दिइएको छ ।
बैठकले राजावादीहरुले आतंक फैलाएको निष्कर्ष समेत निकालेको छ ।