काठमाडौं । शुक्रबार हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक आज जाँदैछन् ।
उनको सचिवालयका अनुसार मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जान लागेका हुन् ।
शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलोमात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ ।
यस्तै त्यहाँ जारी गरिएको कर्फ्यु आदेशको समय सकिएको छ । अब त्यहाँ कुनै किसिमको प्रदर्शन भए ‘फायर’ खोलिने, अर्थात् गोली प्रहार गरिने बताइएको छ ।
प्रदर्शनलाई उत्तेजित बनाउने भूमिकामा रहेका १०५ व्यक्ति अझै प्रहरी नियन्त्रणमा छन् ।