Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै

आगामी रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक बस्दै

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । समाजवादी मोर्चा, नेपालको बैठक आज बस्दै छ । बैठक केही समयपछि नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्न लागेको हो ।

बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा गर्दै आगामी रणनीति बनाउने नेताहरूले बताएका छन् ।

बैठकमा शुक्रबार राजावादीको प्रदर्शन र त्यसको असरमा पनि छलफल हुने बताइएको छ । राजावादीले नेकपा एसको कार्यालयमा पनि तोडफोड गरेका थिए ।

संयोजक दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077