Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिए नागरिक सडकमा उत्रिनेछन् : नवराज सुवेदी

ज्ञानेन्द्रलाई समेत नजरबन्द वा पक्राउ गर्न खोजिए नागरिक सडकमा उत्रिनेछन् : नवराज सुवेदी

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सुवेदीले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबारको घटना सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ भएको दाबी गरेका हुन् ।

'श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको छ। त्यसअनुरूप कदम चाल्ने प्रयास भएमा देशभरबाट आम नागरिकहरू स्वतःस्फूर्त विरोधमा उत्रनेछन् भन्ने हाम्रो जानकारीमा आएको कुरा यहाँ उल्लेख गर्दै त्यस किसिम हुने कदमको घोर भर्त्सना गर्दछौँ,' सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले १५ गतेको आन्दोलनपछि पक्राउ परेका समितिका कमान्डर दुर्गा प्रसाईं, सदस्य(सचिव रवीन्द्र मिश्र, सदस्य धवलशमशेर राणाहरूको रिहाइको मागसमेत गरेका छन्।

उनले १५ गते तीनकुनेको आफूहरूको आन्दोलनमा घुसपैठ भएको आरोपसमेत लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077