Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुनेमा राजावादीले पुर्‍याएको क्षतिको गृहमन्त्री लेखकले गरे अनुगमन

तीनकुनेमा राजावादीले पुर्‍याएको क्षतिको गृहमन्त्री लेखकले गरे अनुगमन

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गर्न गृहमन्त्री रमेश लेखक तीनकुने पुगेका छन् । शनिबार बिहानै तीनकुने पुगेर उनले राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका हुन् ।

शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरूले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । तीनकुनेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।

परिस्थितीलाई मत्थर बनाउन काठमाडौं प्रशासनले अपराह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो । प्रदर्शनमा नेतृत्वदायी भूमिकामा रहेका रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बू, सन्तोष तामाङलगायत राति नै पक्राउ परेका छन् । तर, दुर्गा प्रसाईं भने अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077