Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारलाई प्रचण्डको आग्रह - पर्दा पछाडि ज्ञानेन्द्रकै हात छ, कडा कदम चालौँ

सरकारलाई प्रचण्डको आग्रह - पर्दा पछाडि ज्ञानेन्द्रकै हात छ, कडा कदम चालौँ

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई अनुरोध गरेका छन् ।

समाजवादी मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारलाई सो आग्रह गरेका हुन् । उनले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिक्रिया दिँदै पर्दा पछाडि ज्ञानेन्द्र शाहकै हात रहेको दाबी गरे ।

'ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ', उनले भने । अब ज्ञानेन्द्रलाई छाडा हुन नदिन सरकारसँग उनले माग गरे । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए ।

तीनकुनेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए । १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077