Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

शनिवार , चैत्र १५, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीलाई राजीनामा दिएका छन् ।

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

मन्त्री चौधरीले प्रदेशको दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलो आर्थिक लाभ लिनसक्ने छलफल गरेको अडियो सार्वजनिक भएको थियो ।

त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए ।

लगत्तै मन्त्री चौधरीले नैतिकताका आधारमा आफूले पदबाट राजीनामा दिने घोषणा गरे । उनले केही समयमा मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077