Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

नजरबन्दमा राखिएका नवराज सुवेदीको घरमा प्रहरी तैनाथ

नजरबन्दमा राखिएका नवराज सुवेदीको घरमा प्रहरी तैनाथ

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी तैनाथ भएको छ ।

शुक्रबार रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो । प्रहरी अधिकारीका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको हो । उनलाई कोहीसँग पनि भेटघाट गर्न दिइएको छैन ।

अहिले पनि उनको घर वरपर प्रहरीले निगरानी राखिरहेको छ । शुक्रबार दिउँसो तीनकुनेमा भएको हिंसात्मक आन्दोलन समितिको संयोजक उनै सुवेदी थिए भने कमाण्डर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए ।

सुवेदी काठमाडौं महानगरपालिका–७ स्थित कुमारीगाल बस्दै आएका छन् । शुक्रबार तीनकुनेमा राजावादी प्रदर्शनकारीहरू उग्र बनेपछि दुई जनाको ज्यान गएको थियो ।

उनीहरूले निजी सम्पत्ति, सरकारी कार्यालय, गाडी, सञ्चारगृहका भवन लगायतमा ठूलो तोडफोड गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077