Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटना : उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

तीनकुने घटना : उच्च न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबारको तीनकुनेमा राजावादीहरूको प्रदर्शनबाट भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानूनी दायराभित्र ल्याएर यथोचित कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठनको माग गरेको हो ।

रास्वपाको शनिबार बिहान ११ बजे बसेको केन्द्रीय सचिवालय ९भर्चुअल० बैठकले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

साथै पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077