Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

देउवाको प्रश्न-अहिल्यै यस्तो छ, ज्ञानेन्द्र राजा भए के होला ?

देउवाको प्रश्न-अहिल्यै यस्तो छ, ज्ञानेन्द्र राजा भए के होला ?

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहेर गणतन्त्र नहट्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश एकढिक्का भएको भन्दै कसैले चाहँदैमा गणतन्त्र नहट्ने दावी गरे ।

उनले भने–‘त्यसकारण गणतन्त्रलाई कसैले चाहेर हटाउने पनि छैन । देश एक छ । अहिले देशको परिस्थिति यस्तो भएर मैले यहाँ भन्नुपरेको हो ।’

सभापति देउवाले पूर्वराजा शाह कहिल्यै संवैधानिक राजा बन्न नसक्ने दावी गरे ।

उनले भने–‘हिजोको घटना जो काठमाडौंमा भयो, जसरी पूर्वराजाको नाममा हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घटना भयो । स्पष्ट भन्नुपर्ने हुन्छ यी पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ? यीनी कहिल्यै पनि संवैधानिक राजा बनेका पनि छैनन् । बन्ने पनि छैनन् ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077