काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजावादीको छाडातन्त्रलाई छुट दिन नसकिने बताएका छन् ।
शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयको अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।
ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको भन्दै उनले सरकारले कडा कदम चाल्नुपर्ने जिकिर गरे ।
सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको र ठूलो जनधनको क्षति भएको उनको भनाइ छ ।