Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रप्रति सिटौलाको टिप्पणी–राजा हुँदा पनि आतंक, अन्तिम राजा भएका बेलामा पनि आतंक ?

पूर्वराजा ज्ञानेन्द्रप्रति सिटौलाको टिप्पणी–राजा हुँदा पनि आतंक, अन्तिम राजा भएका बेलामा पनि आतंक ?

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हिजो भएको राजावादीहरुको हिंसात्मक आन्दोलनबारे पूर्वराजा ज्ञानेन्द्र शाहसँग जवाफ माग गरेका छन् ।

शनिबार बिपी चिन्तन प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै सिटौलाले शुक्रबार तीनकुने–कोटेश्वर–बालकुमारी–जडिबुटी क्षेत्रमा भएकाो आगजनी र लुटपाटबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा के हो ? भन्दै प्रश्न गरेका छन्।

उनले भने–‘हिजो काठमाडौंको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना गराए त्यसप्रति मेरो खेद छ । घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा भएको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जबाफ दिनु पर्छ ।’

पूर्व राजाले सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल राख्नुपर्ने बताउँदै उनले भने–‘पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरू उठान भएका छन्, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको सञ्चालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

राजा हुँदा पनि जनता माथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ? भन्दै प्रश्न गरेका सिटौलाले राजाहरूको पटकपटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै गणतन्त्र नउल्टिने बताए।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापना गर्न भन्दै तीनकुने क्षेत्रमा भेला भएका राजावादी प्रदर्शनकारीहरूले पार्टी कार्यालय, निजी घर, सुपर मार्केट, जडिबुटी प्रशोधन केन्द्र र सरकारी गाडीमा लुटपाट र आगजनी गरेका थिए।

आन्दोलनका क्रममा दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौ घाइते छन् । प्रहरीले हालसम्म १०६ जनालाई पक्राउ गरेको छ भने आन्दोलनका कमाण्डर दुर्गा प्रसाई अझै फरार नै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077