Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अर्थतन्त्रको अवस्था नाजुक छ, गभर्नरमा योग्य व्यक्ति नियुक्त गर्नुस् : प्रचण्ड

अर्थतन्त्रको अवस्था नाजुक छ, गभर्नरमा योग्य व्यक्ति नियुक्त गर्नुस् : प्रचण्ड

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर योग्य र सक्षम व्यक्तिलाई बनाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रको अवस्था नाजुक भएको भन्दै यसबाट बाहिर ल्याउन सक्ने योग्य व्यक्तिलाई सरकारले गभर्नर बनाउनुपर्ने बताए ।

उनले भने, 'अर्थतन्त्रको अवस्था नाजुक बन्दै गएको छ । त्यहाँ योग्य व्यक्ति नियुक्त गर्न म सरकारलाई आग्रह गर्छु ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077