Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

तीनकुने घटनामा न्यायिक छानबिन गर्न राजेन्द्र लिङ्देनको माग

तीनकुने घटनामा न्यायिक छानबिन गर्न राजेन्द्र लिङ्देनको माग

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दुई युवाको ज्यान जानेगरी भएको तीनकुने घटनामा न्यायिक छानबिनको माग गरेका छन् ।

प्रतिनिधिसभामा सोमबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले हिँडिरहेका सबिन महर्जनलाई गोली हानिएको र रिपोर्टिङ गरिरहेका एभीन्युज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै जलाइएको घटनामा छानविन हुनु पर्ने माग गरे ।

उक्त घटनाबारे सरकार, विश्वसमुदाय, मानवअधिकारकर्मीको ध्यानाकर्षण गराउँदै अध्यक्ष लिङदेनले न्यायिक छानबिन आयोग गठन गरेर दोषीहरुलाई कानुनी कठघरामा ल्याउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077