Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पार्टी कार्यालय फर्किएका रविले भने - शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु

पार्टी कार्यालय फर्किएका रविले भने - शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार पार्टी कार्यालयमा फर्किएका छन् ।

सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलोपटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन् ।

गत कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन् । त्यतिबेला उनलाई पक्राउ गरी कास्की लगिएको थियो । पार्टी कार्यालयमा पुगेका उनी ठूला दलमाथि खनिएका थिए ।

'कति मुद्दा लगाउनुछ लगाऊ। शरिरमा एक थोपा रगत रहुन्जेल लडिरहन्छु,' उनले सम्बोधनका क्रममा भने । साथै उनले दुई तिहाइको सरकाले आफूलाई जिउँदो छोड्नु नै खुशीको कुरा भएको बताए ।

‘सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन, जुनसुकै तराजुमा तौलन तयार छु । अदालतको आदेशको अपव्याख्या गरेका छन् । दुई तिहाइको सरकारले जिउँदै छोडेको छ यही मेरो जित हो,’ सभापति लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077