Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजालाई जरिवाना तिराउने निर्णय तत्काल फिर्ता लिन बालेनलाई चेतावनी

पूर्वराजालाई जरिवाना तिराउने निर्णय तत्काल फिर्ता लिन बालेनलाई चेतावनी

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले लगाएको जरिवाना तत्काल फिर्ता लिन माग गरेको छ ।

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार एक विज्ञप्ति जारी गर्दै महानगरलाई पूर्वराजा ज्ञानेन्द्रलाई लगाएको जरिवाना फिर्ता लिन आग्रह गरेका हुन् ।

गुरुङले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन पूर्वराजाले नभई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारको स्वीकृतिमा आयोजना गरेको स्पष्ट पारे।

“वातावरण प्रदूषणको आरोपमा महानगरले पूर्वराजालाई जरिवाना तोकेर भ्रम र अनास्था फैलाउने कुत्सित उद्देश्य राखेको छ,” विज्ञप्तिमा भनिएको छ। समितिले यो निर्णय महानगरको आफ्नै पूर्वनीतिविपरीत र दुर्भावनायुक्त भएको ठहर गरेको छ।

विज्ञप्तिमा कार्यक्रमको जिम्मेवारी आयोजक संस्थाले लिने उल्लेख गर्दै प्रहरी र जिल्ला प्रशासनको अभिलेखमा समेत प्रदर्शनको अनुमति प्रमाणित भएको दाबी गरिएको छ। महानगरपालिकाले तत्काल निर्णय फिर्ता नलिएमा कानुनी र अन्य मार्गप्रशस्त गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077