Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कहिले फर्केला पुरानै अवस्थामा आन्दोलनकारीले ध्वस्त बनाएको जडीबुटी कम्पनी ?

कहिले फर्केला पुरानै अवस्थामा आन्दोलनकारीले ध्वस्त बनाएको जडीबुटी कम्पनी ?

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । चैत १५ गते शुक्रबार भएको राजाबादीहरुको हिंसात्मक प्रदर्शनमा आगजनी र तोडफोड भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड पुरानै अवस्थामा फर्कन अझै केही समय लाग्ने देखिएको छ ।

कम्पनीको भवनलगायत स्वचालित उपकरण जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । भवन खण्डरहर बनेको छ भने परिसरमा रहेका एक दर्जन बढी गाडी र मोटरसाइकलको अस्थिरपञ्चर मात्रै छ ।

कम्पनीको महाप्रबन्धक संगीता यादवको अनुसार आगजनीबाट कम्पनीमा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कम्पनीलाई पुनः सुरु गर्न सरकारको साथको आवश्यक रहेको उनले बताइन । उनले भनिन्–‘वन मन्त्रालयसँग १० करोड मागेको छौं, सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ । अस्थायी टहरा बनाएर भएपनि उत्पादन गर्ने योजनामा छौं ।’

आगलागीका कारण गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जीएमपी) सुविधासहितका दुईवटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । ‘

२०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको संकलन र प्रशोधन गर्दै आएको छ । स्थापना भएको १८ वर्षपछि २०५६ सालदेखि सञ्चो उत्पादन भइरहेको छ ।

कम्पनीले अहिले सञ्चो, सञ्चो बाम (भिक्स), सञ्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सञ्चो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने प्रमुख उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077