Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२५ अंकले बढ्यो नेप्से

२५ अंकले बढ्यो नेप्से

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । २५ अंकले बढ्दै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७०१ विन्दुमा उक्लिएको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २७४१.४८ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से १६.९५ अंकले घट्दै २६७६.१७ विन्दुमा रोकिएको थियो । त्यसअघिका तीन कारोबार दिन पनि नेप्से लगातार उकालो लागेको थियो ।

आइतबार नेप्से २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा रोकिँदा गत साताको बिहीबार ४१.४३ अंकले बढेको थियो । यस्तै, गत साताको बुधबार पनि नेप्से ३९.१३ अंकले बढेको थियो ।

बुधबार सेयर बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077