Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनआईसीको एटिएमबाट बिना एटिएम इसेवा वालेटको रकम निकाल्न सकिने

एनआईसीको एटिएमबाट बिना एटिएम इसेवा वालेटको रकम निकाल्न सकिने

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नौ बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको शुरुवात गरेको छ ।

आफ्ना ग्राहक महानुभावहरु तथा इसेवा वालेट प्रयोगकर्ता महानुभावहरुलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका एटिएम मेसिनबाट इसेवा वालेटमा रहेको रकम निकाल्न मिल्ने सेवाको सुरुवात गरेको हो ।

मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिने बैंकले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

यसरी निकाल्न सकिन्छ रकम
यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर Financial Payments  अन्तर्गत रहेको ATM Withdrawal एन आई सी एशिया बैंक छनौट गर्नुपर्छ ।

अब दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ ।

त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटीपी कोड प्राप्त हुनेछ । अब एन आई सी एशिया बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ ।

यसअघि मोबाइल नम्बरमा प्राप्त ओटीपी कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ ।

हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077