Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो : पृथ्वीसुब्बा गुरुङ

गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो : पृथ्वीसुब्बा गुरुङ

बिहिवार , चैत्र २०, २०८१

स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताए ।

हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उनले बताए ।

“गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भने, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077