काठमाडौं । संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने भएका छन् ।
चैत १५ गते राजावादी समूहले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
एकजनाको गोली लागेर मृत्यु भएको थियो । अर्का एकजनाको आगजनीमा जलेर मृत्यु भएको थियो ।
केही निजी तथा सार्वजनिक सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो । सोही विषयमा समिति सदस्यहरूले विभागीय मन्त्रीसँग जवाफ माग्न लागेका हुन् । बैठक बिहान ११ बजे बस्नेछ ।