Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

शिखर सम्मेलन अन्तर्गत आज अपराह्न चार बजे दुई देशका प्रधानमन्त्रीबीच बैंककस्थित म्याण्डारिन ओरियन्टल होटलमा साइडलाइन वार्ता हुन लागेको हो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन दुवैजना थाइल्याण्डको बैंककमा रहेका छन् । भारतीय प्रधानमन्त्री सोही होटलमा बसेका छन् ।

ओली–मोदी भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् ।

यसअघि प्रधानमन्त्री ओली र मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077