काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा नयाँ कर्मचारी माग गरेको छ ।
बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि ११८ जना कर्मचारी माग गरेको हो ।
कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना, छैटौँ तहकै कानुन अधिकृत १ जना, छैटौँ तहकै कम्प्युटर अधिकृत १ जना, छैटौँ तहकै कर्जा अधिकृत ५ जना र चौथो तहको लेखापाल ५९ जना पदपूर्ति गर्न चाहेको सूचनामा उल्लेख छ ।
इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न सक्नेछन् ।
हेर्नुहोस सूचना :


